काठमाडौं । अनधिकृत ब्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएर करको दायरा हेरफेर गरेको बिषयमा छानविन गर्न गठित छानविन समितिले आज (सोमबार) अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।
जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सीसीटीभी फुटेज दिन आनाकानी गरेपछि ‘हार्ड डिस्क’ मगाएर समितिले अध्ययन गर्न लागेको हो ।
‘जेठ महिनाको सीसीटीभी फुटेजको हार्ड डिस्क मगाएका छौँ, त्यो प्राप्त भयो भने प्रावधिक राखेर अध्ययन गर्नेछौं,’ समिति सदस्य लक्ष्मणलाल कर्णले भने । उनकाअनुसार हिजो राति ८ बजेसम्म पनि समितिले सो प्रकरणका बारेमा सरोकारवाला व्यक्तिसंग बयान, छानविन र अध्ययन गरेको थियो ।
जेठ महिनाको सीसीटीभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ । समितिले जेठ महिनाको सीसीटीभी फुटेजका लागि पुन ताकेता गरिरहे पनि अर्थ मन्त्रालय भने अझै दिएको छैन ।
उता, समितिका सचिव सुरेन्द्र अर्यालले प्राविधिक अध्ययन सकिएपछि सो प्रकरणमा राजिनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बयान लिने तयारी समितिले गरेको छ । ‘प्राविधिक अध्ययन सकिएपछि उहाँ (जनार्दन शर्मा) सँग बयान लिने बारेमा समितिमा छलफल भएको छ’ हमालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया