७ कार्तिक २०७८, आईतवार

प्रधानमन्त्रीलाई कुर्दा भौकै–प्यासै !

२०७५,भाद्र,२४,आईतवार ०२:१०


काठमाडाैं-शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए ।

राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभा हलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो । १ बजे समारोह उद्घाटनको कार्यतालिकाअनुसार विद्यार्थीलाई १२ बजे नै हलमा प्रवेश गराइयो । प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । हलमा खचाखच भरिएका विद्यार्थीले सहजै पानी पिउन र शौचालय जान पनि पाएनन् ।

ढोकाढोकामा सादा पोशाकका सुरक्षाकर्मी खटिएका थिए । उनीहरुले सुरक्षा जाँचपछि सहजै भित्र छिर्न दिन्थे तर निस्कन दिन्थेनन् । ‘प्रधानमन्त्री आउने भनेर दुई घन्टा कुर्‍यौं,’ एसओएस माध्यमिक विद्यालयका सानोठिमीका विद्यार्थी अविचित आलेले भने, ‘पानी खान र शौचालय जान पनि पाइएन ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२४,आईतवार ०२:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१
उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४