२१ मङ्सिर २०७८, मंगलवार

एनआरएनएको नेतृत्वका लागि भवन भट्ट र जमुना घलेबीच भीडन्त पक्का

२०७४,आश्विन,३०,सोमवार ०६:३१

0
Shares

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि भवन भट्ट र जमुना गुरुङ(घले) बीच भीडन्त प्रतिस्पर्धा पक्का भएको छ । अध्यक्षका अर्का दाबेदार टीबी कार्कीले उम्मेदवार फिर्ता लिएसँगै भट्ट र घलेबीच भीडन्त पक्का भएको हो ।मध्यपूर्वका एजेण्डा दुई उम्मेदवारलें पूरा गर्ने वचनबद्धता गरेकोले आफूले उम्मेदवारी फिर्ता लिएको कार्कीले बताए ।एनआरएनको अध्यक्षका लागि आइतबार नै भट्टले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए भने जमुनाले आज बिहान उम्मेदवारी दर्ता गराएकी थिइन् ।एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ ।यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक/एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक/एक जना तथा युवा संयोजक र उपसंयोजक एक/एक जना रहने व्यवस्था गरिएको छ ।ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।नयाँ नेतृत्वको लागि सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०६:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगको सल्लाहकारमा नेपाली मूलका ज्ञानेन्द्र उप्रेती नियुक्त भएका छन् । भिक्टोरियन बहुसांस्कृतिक आयोगले आफ्नो कामलाई ब्यबस्थित गर्नका

नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार

काठमाडौं । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डाक्टर

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन्

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२