काठमाडाैं-पर्साको वीरगन्जमा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ । उक्त कम्पनीले आफूले उत्पादन गरेको पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बेच्ने गरेको भेटिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीबाट उत्पादित ओम सिमेन्टमा बदमासी भएको भन्दै नेपाल गुणस्तर चिन्हसमेत स्थगन गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओमको पीपीसी सिमेन्टलाई ओपीसी भन्दै संखुवासभाको खाँदबारीमा बिक्रीवितरण गरिएको भेटिएको हो । एउटा उत्पादनको नाममा फरक वस्तु बेचिएको भेटिएपछि गुणस्तर चिन्ह स्थगन गरिएको पुडासैनीले बताए ।
‘पीपीसी र ओपीसी सिमेन्टका विषयमा अधिकांशलाई थाहा नै हुँदैन । झन् उपभोक्ता आफैले गुणस्तर परीक्षण गर्ने भनेको त टाढाको कुरा हो । यस्तो अवस्थामा इन्टरनेसनल सिमेन्ट प्रालिले ग्रामीण क्षेत्रका सोझा साझालाई बढी झुक्याइएको पाइयो’ – पुडासैनीले भने । ओम सिमेन्टमा भने त्यसको उत्पादनकर्ता कम्पनी इन्टरनेसनल सिमेन्ट प्रालिले उपभोक्तालाई मूल्य र गुणस्तर दुवैमा ठगी गरेको भेटिएको छ।आजको नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया