१ कार्तिक २०७८, सोमवार

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

२०७५,भाद्र,२४,आईतवार ०१:४९


वीरेन्द्रनगर-कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ। सामान्यत अवस्थामा यो दुरी पार गर्न सडकमार्गबाट एक दिन पर्याप्त हुन्छ। वर्षात्का कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सुर्खेतबाट गमगढी पुग्न अचेल कम्तीमा पाँच दिन लाग्ने गरेको छ।

दुई साताअघि मुगुको ताल्चा विमानस्थलमा गएको पहिरो निरीक्षण गर्न प्रदेश राजधानीबाट हिँडेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोली पाँच दिन लगाएर गमगढी पुग्यो। ‘नाग्म (कालीकोट–जुम्ला सिमाना) सम्म चारवटा गाडी परिवर्तन गर्दै तीन दिनमा पुग्यौं, त्यहाँबाट दुई दिन पैदल हिँड्नुप¥यो’, मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘फर्कंदा झन् बढी समय लाग्यो।’

वर्षात्का कारण ठाउँठाउँमा गएको पहिरो र बाढीका कारण कर्णाली राजमार्गको यात्रा कष्टपूर्ण मात्रै छैन, जोखिमयुक्त पनि छ। राजमार्गका विभिन्न खसेको पहिरोले घन्टौ जाममा बस्नुपर्ने, गाडी धकेल्नुपर्ने र अधिकांश ठाउँमा हिँड्नुपर्ने बाध्यता छ। आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२४,आईतवार ०१:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७
प्रजिअसहित सह र उपसचिवको सरुवा
 २०७८,कार्तिक,१,सोमवार ०८:३४
वर्षाले पाकेको धान बाली नष्ट
 २०७८,कार्तिक,१,सोमवार ०८:२४