आठ महिनामा आठ हवाई दुर्घटना: किन असुरक्षित नेपाली अाकाश

सन् २०१८ हवाई सुरक्षाका दृष्टिकोणबाट असुरक्षित बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू यसलाई सेवामा भएको बढोत्तरीसँगै दुर्घटनाको दर पनि बढेको बताउँछन् । प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘नेपालमा हवाई सेवा संख्यात्मक रूपमा उल्लेख्य बढेको छ, त्यसकारण समग्र हवाई सुरक्षामा सुधार भइरहँदा पनि दुर्घटनाको दर बढेको हो ।’

नेपालमा हवाई दुर्घटनापछि हुने फितलो छानबिन र त्यसको कार्यान्वयनमा सरोकारवाला उदासीन बन्दा उस्तै प्रकृतिका दुर्घटना दोहोरिने गरेका छन् । प्राधिकरणकै एक अधिकारी भन्छन्, ‘कतिपय रिपोर्ट बाहिर सार्वजनिक गर्नु त कता हो कता, स्वयं सरोकारवालासम्म पनि पुग्दैनन् । कम्पनीका कमजोरी सार्वजनिक हुन पाउँदैनन् । त्यसकारण एउटै प्रकृतिको दुर्घटना पटक–पटक हुन्छन् ।’ आजको नयाँ पत्रिकामा दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?