बिहे गर्ने उमेरमा सम्बन्धविचछेद !

तेह्रथुम-लालीगुराँस नगरपालिका ८ का मनकुमार लिम्बुले फेदाप गाउँपालिका ५ की चन्द्रा लिम्बुसँग ०६८ मा मागी विवाह गरे ।

त्यतिबेला चन्द्रा १५ बर्ष र मनकुमार १७ बर्षका मात्रै थिए ।

विवाहपछिका तीन बर्षसम्म त ठीकै थियो ।

तर, त्यसपछि सुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्यायो ।

चन्द्राको उजुरीपछि जिल्ला अदालत तेह्रथुमले २१ फागुन ०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला गर्यो ।

कलिलै उमरेमा विहे गरेकी २१ बर्षीया चन्द्रा र २३ बर्षीया मनकुमार अहिले अलग अलग छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?