यस्तो छ अाजको विदेशी मुद्रा सटही दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १ सय १४ रूपैयाँ ४८ पैसा र बिक्रीदर १ सय १५ रूपैयाँ ८ पैसा पुगेको छ । 

युरो १ को खरिददर १ सय ३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ३३ रूपैयाँ ५८ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ४९ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रिदर २७ रुपैयाँ ७६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रिदर १० रुपैयाँ २५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३ सय ८० रुपैयाँ १० पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३ सय ५ रुपैयाँ २४ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?