३१ आश्विन २०७८, आईतवार

तीजको दर खाने होसियार !

२०७५,भाद्र,२३,शनिवार १६:५९


 

बनेपा–काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको अहिले अस्पताल भर्ना गरी उपचार भइरहेको जनाएको छ । बाँकी उपचार गरी घर फर्किसकेको खड्काले जानकारी दिए ।

बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ को उपचार भइरहेको र उहाँहरूको अवस्था सामान्य रहेको अस्पतालका डा अनमोल श्रेष्ठले जानकारी दिए ।
 पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार आयोजना गरिएको तीज विशेष दर खाने कार्यक्रममा दर खाने क्रममा सो घटना भएको हो ।

बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेका ५६ मध्ये दुई जनाको सघनउपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा एञ्जला बस्नेतले बताए ।
उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीमा झाडा पखाला, पेट दुख्ने, रिङ्गटा लाग्ने र बान्ता गर्ने जस्ता समस्या देखिएको छ ।

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौँमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । बनेपा अस्पतालमा उपचार भइरहेका तीनको अवस्था सामान्य रहेको जनाएको छ ।  

शनिबार दिउँसो दर खाने कार्यक्रममा बिरामी भएकाहरूको सङ्ख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

प्रकाशित मिति: २०७५,भाद्र,२३,शनिवार १६:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९