३० आश्विन २०७८, शनिवार

अध्यक्ष प्रचण्ड र भारतका पूर्वप्रधानमन्त्री सिंहबीच भेट

२०७५,भाद्र,२३,शनिवार १६:४७


काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच आज भेटवार्ता भएको छ ।

सो अवसरमा सिंह भारतको प्रधानमन्त्री हुनुभएका बेला नेपालसँग भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उहाँको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भई सकेपछि विकास निर्माणतर्फ ध्यान केन्द्रित गरेकाप्रति नेता सिंहले खुसी व्यक्त गर्नुभएको थियो । भारतीय काँग्रेस पार्टी सरकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरुको पूर्ण सहयोग रहने उहाँले विश्वास दिलाउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२३,शनिवार १६:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास

काठमाडौं । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७