दश महिनामा दुई खर्ब २३ अर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त

लोकपथ
56
Shares

काठमाडौं । गत आर्थिक वर्ष २०७८र७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ८९ अर्ब १७ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमसः ३९.८ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा १०.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये युएसएआइडी, आइएमएफ, विश्व बैंक र एशियाली विकास बैंकको त्रमसः ३५.६ प्रतिशत, २०।९ प्रतिशत, १७.४ प्रतिशत र १२.३ प्रतिशत रहेको छ ।

वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायतामा ६९.२ प्रतिशत र सबैभन्दा कम खानेपानी तथा सरसफाई क्षेत्रमा १.४ प्रतिशत प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?