शर्मामाथि छानबिन गर्न गठित समितिद्धारा मन्त्रालयका अधिकारीसँग सोधपुछ

लोकपथ
21
Shares

काठमाडौ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयका प्राविधिकसंग सोधपुछ गरेको छ ।

बजेटमा करका दर हेरफेर गर्न अनाधिकृत व्यक्तिको संलग्नता भए नभएको बारेमा छानबिन गर्न गठित संसदीय समितिले अर्थमन्त्रालयका उच्च पदस्थ अधिकारी र सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको हो । आइतबार संसद सचिवालयमा बोलाएर समितिले अर्थका विभिन्न तहका पदाधिकारीहरुसँग बयान लिएको छ ।

समितिका सचिव सुरेन्द्र अर्यालकाअनुसार मन्त्रालयका प्रशासन र बजेट महाशाखा प्रमुखहरूमाथि पनि सोधपुछ गरिएको हो । समितिले आइतबार नै मन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्कर र अर्थ सचिव मधुकुमार मरासनीसँग पनि बयान लिँदैछ ।

समितिले शनिबार भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ गरेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा चौधरी गु्रपका प्रतिनिधि रघुनाथ घिमिरे र अर्को एक जना व्यक्तिलाई बजेट सार्वजनिक हुुनुु अघिल्लो राती बोलाएर करका दर हेरफेर गर्ने जिम्मेवारी दिएका थिए ।

चौतर्फी विरोधपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए । शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?