काठमाडौं । चालु आर्थिक वर्ष तथा साताको पहिलो कारोबारको दिन आईतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचक केही दिनदेखि निरन्तर रुपमा वृद्धि हुँदै गएको छ । त्यसैको निरन्तरता स्वरुप आईतबार पनि सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । आईतबार नेप्से परिसूचक १.९३ अंकले बढेर २०११.३९ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०९ अंकले घटेको छ ।
आईतबार कारोबारमा आएका २१० कम्पनीको ३० लाख ४५ हजार कित्ता सेयर १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने घटेको छ । नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचकबढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंक उपसमूहको परिसूचक ०.६३ प्रतिशत, लगानीको ०.९१ प्रतिशत, जीवन बीमाको ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८६ प्रतिशत र व्यापार उपसमूहको ०.४२ प्रतिशत बढेको छ । तर यता, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से सामान्य अंकले बढेसँगै राधी विद्युत कम्पनीको सेयरमूल्य ५.४८ प्रतिशत बढेको छ भने प्रभु बैंक, नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । यता,सामुदायिक लघुवित्तको सेयरमूल्य साढे ७ प्रतिशत घटेको छ । अपर तामाकोशी हाइड्रोपावरको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया