शीतल निवासमा ४ बजे उपसभामुख भुसालको शपथ

लोकपथ
77
Shares

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार शपथ लिने भएकी छन् ।

शुक्रबार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने भएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपरान्ह ४ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।

दोस्रो प्रयासमा भुसाल उपसभामुखमा विजयी भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?