११ कार्तिक २०७८, बिहीवार

हेलिकप्टर दुर्घटनाकी घाइते डोल्मालाई काठमाडौं ल्याइयो

२०७५,भाद्र,२३,शनिवार १४:४३

0
Shares

काठमाडौं– ९ एन–एएलएस कलसाइनको  अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाकी घाइते गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकीलाई काठमाडौं ल्याइएको छ ।

उनलाई  हेलिकोप्टरबाट काठमाडौं ल्याएर मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

गोरखाको सामागाउँबाट काठमाडौंको लागि उडेको हेलिकप्टर शनिबार बिहान धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्ने  मेघान डाँडामा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा पाइलटसहित  ६ जनाको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पाइलट निश्चल केसीसहित मृत्यु हुनेमा  जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २०७५,भाद्र,२३,शनिवार १४:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार