साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा प्रवेश, भुटान ३-० ले पराजित

बंगलादेश । पाकिस्तान जारी ‘साफ’ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बंगबन्धु रंगशालामा शनिवार भएको समूहको अन्तिम खेलमा भुटानलाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

पाकिस्तानका लागि खेलको २० औँ मिनेटमा मोहम्मद रियाज, २९ औँ मिनेटमा हसन बासिर र खेल सकिनै लाग्दा फहिम अहमेदले समान एक-एक गोल गरेका थिए । 

समूहको तीनवटै खेलमा पराजय भोग्दै भुटान भने समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको पहिलो खेलमा भुटान आयोजक बंगलादेशसँग २-० ले र नेपालसँग ४-० ले पराजित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?