साफ च्याम्पियनसिप: बंगलादेशविरुद्धको खेलमा बिमलको शानदार गोल, पहिलो हाफमा नेपाल  १-० ले अगाडि

बंगलादेश। साफ च्याम्पियनसीप अन्तर्गत नेपाल र बंगलादेशबीचको पहिलो हाफको खेल सकिएको छ । 

राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा शनिवार भएको खेलमा पहिलो हाफसम्म नेपालले एक-शुन्य गोलको अग्रता लिएको छ ।

खेल शुरु भएको ३ मिनेटमा नै बंगलादेशलार्इ पहिलो कर्नर हान्ने मौका पायो । तर, नेपाली गोलकिपर किरण चेम्जोङलेले सहजै बललाई नियन्त्रणमा लिए । खेलको १० औँ मिनेटमा बंगलादेशले काउन्टर अट्याकमा गोल गर्न चुके ।

बंगलादेशले प्रहार गरेको बल नेपालका डिफेन्डर आदित्य चौधरीले क्लीयर गरे । बंगलादेशविरुद्धको खेलमा नेपाललाई बराबरी नै पर्याप्त हुने हुँदा रक्षात्मक रणनीति अपनाएको छ ।
खेलको १४ औँ मिनेटमा नीराजन खड्काको क्रसमा सुनिल बलले हेड गर्ने मार्फत गोल गर्ने प्रयास बंगलादेशका डिफेन्डरले क्लियर गरे ।

२५ औँ मिनेटमा बंगलादेशले प्रहार गरेको फ्रिकिक रोहित चन्दले विफल पारिदिए । ३३ औँ मिनेटमा बिमल घर्तिमगरले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

बिमलले जारी साफ च्याम्पियनसिपमा गरेको यो दोस्रो गोल हो । यसअघि बिमलले पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए । 

३६ औँ मिनेटमा नेपाल फ्रिकिक हान्ने मौका पायो । नेपालका सुनिलले खेलमा दोब्बर अग्रता लिने अवसर गुमाए । सुनिलले प्रहार गरेको बललाई सुजल श्रेष्ठको हेडर पोस्टभन्दा माथिबाट बाहिरियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?