साफ च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको खेल शुरु

बंगलादेश। साफ च्याम्पियनसीप अन्तर्गत नेपाल र बङ्गलादेश बीचको समूह चरणको अन्तिम खेल शुरु भएको छ । 

बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रंगशालामा भएको आजको खेल जित्न सके नेपाल सेमिफाइन प्रवेश गर्नेछ भने पराजित भए समूह चरणबाटै घर फर्कनेछ । 

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भए पनि दोस्रो खेलमा भुटानविरुद्ध ४–० को जित निकाल्दै सेमिफाइलन प्रवेशको सम्भावना कायमै राखेको छ । 

नेपाललाई सेमिफाइनल पुग्न बङ्गलादेशसँगको खेल जित्नै पर्नेछ भने बङ्गलादेशले नेपालसँग बराबरी खेलेमात्र सेमिफाइनल पुग्नेछ । 

समूह ‘ए’बाट पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेको छ ।शनिवार नै भएको खेलमा भुटानलाई ३–० गोलले पराजित गर्दै पाकिस्तान सेमिफाइनल पुगेको हो । भुटान भने तीनै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । 

जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बङ्गलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?