काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेलुका स्वदेश फर्किने भएका छन् । तीनदिने भारत भ्रमण सकेर आज बेलुका ६ बजे प्रचण्ड स्वदेश फर्किन लागेका हुुन् ।
गत शुक्रबारदेखि भारत भ्रमणका लागि दिल्ली पुगेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आजै स्वदेश फर्किन लागेका हुन् । भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । त्यस्तै, भारतस्थित आफ्नो पार्टीका नेता कार्यकर्तासँग पनि भेट गरेका थिए । प्रचण्डले उपचारका लागि केही दिनअघि भारत पुगेकी प्रधानमन्त्रीपत्नि आरजू राणा देउवासँग पनि भेटवार्ता गरेका थिए ।
प्रचण्डले आजै भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । अध्यक्ष नड्डालाई भेटेलगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ । प्रचण्डले दिल्लीका विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै भारतीय उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट जारी राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया