८ कार्तिक २०७८, सोमवार

मानवअधिकार सञ्जाल दाङ र प्रकाण्डबीच भेटवार्ता

२०७५,भाद्र,२३,शनिवार १२:११


काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार सञ्जाल दाङको टोलीले भेटघाट गरेको छ ।

भेटघाटको क्रममा टोलीले प्रकाण्ड सँग हिरासत बसाईको अवस्था बारेमा जानकारी लिएको थियो । सो क्रममा नेता खड्काले राज्यले गैरन्यायिक तरिकाले आफुमाथि मुद्धा चलाईरहेको बताएका थिए । हिरासत बसाईका क्रममा मानवअधिकार विपरित प्रहरीले व्यवहार नगरेको जानकारी दिँदै उनले राज्यले आफुमाथि राजनैतिक प्रतिशोध साँध्न खोजेको दाबी गरेका थिए ।

भेटघाट पछि विज्ञप्ती जारी गर्दै सञ्जालले प्रकाण्डको श्रँखलाबद्ध गिरफतारीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले पटकपटक रिहा गर्न आदेश दिँदादिदै पनि बारम्बार प्रकाण्डलाई पक्राउ गर्दा राज्यले आफना नागरिकप्रति प्रत्याभुत गर्नुपर्ने मानवअधिकारको सम्मान गर्न पनि विज्ञप्तीमा आग्रह गरिएको छ । 

यस्तै वार्ताबाट समस्याको समाधान खोज्न पनि सम्बन्धित सबै पक्षलाई सञ्जालले आग्रह गरेको छ । प्रहरी हिरासतमा प्रकाण्डको मानवअधिकारका दृष्टिले सन्तोषजनक व्यवहार गरिएको निष्कर्ष आफुहरुको रहेको सञ्जालका जिल्ला संयोजक केशव कुमार शर्माले बताए । 

भेटघाट टोलीमा संयोजक शर्मा सँगै , सञ्जालका सदस्यहरु चन्द्रराजत पन्त , सुशिल गौतम,श्रीमन न्यौपाने, भुपेन्द्र वली र जे.एन सागरको सहभागिता रहेको थियो ।  निर्वाचनका क्रममा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा तुलसीपुर आएको बेला बम विष्फोट गराएको मुद्धा चलाएर शुक्रबार साँझ नेता विश्वकर्मालाई दाङ ल्याईएको हो  । 

अदालतले विश्वकर्मालाई रिहाई गर्न पटकपटक आदेश दिएतापनि प्रहरीले पाँचौ पटक उनलाई गिरफतार गरि दाङबाट मुद्धा चलाएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२३,शनिवार १२:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) ले मङ्गलवार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा

काठमाडौं । आधिकारिक परिचयपत्र नखुलेका विदेशी नागरिकहरुलाई घर, अफार्टमेन्ट, फ्ल्याट तथा कोठा आदी भाडामा नदिन निर्देशन दिएको छ । विदेशी

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपालका लागि पूर्व

कैलाली । नेकपा एमालेको धनगढी उपमहानगरपालिकाको नगर अधिवेशनका लागि तयारी सुरु गरिएको छ । अगामी कात्तिक १५ गतेका लागि तय

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६