नेविसंघको महाधिवेशन आगामी कात्तिकमा हुने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को लामो समयदेखि हुन नसकेको महाधिवेशन आगामी कात्तिक १८ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ । 

नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार सानेपामा आयोजित पार्टीको निर्देशन समितिको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएका हुन् । 

बैठकमा निर्देशन समितिका सदस्य नवीन्द्र राज जोशी र प्रदीप पौडेलको समेत उपस्थिति रहेको थियो । 

केन्द्रीय सदस्य तथा निर्देशन समितिका सदस्य पौडेलले निर्देशन समितिले दिएको निर्देशन अनुसार शनिबार नेविसंघ नेतृत्वले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको बताए । 
कार्यतालिका अनुसार अध्यक्षले महाधिवेशनको उद्घाटन कात्तिक १६ गते शुक्रबार गर्ने  प्रस्ताव गरेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । यस्तै १७ गते बन्दसत्र र १८ गते

मतदान गर्दैै नेतृत्वको चयन गरिने प्रस्ताव गरिएको भट्टले जानकारी दिए ।

यसअघि उपत्यका बाहिरका क्याम्पस अधिवेशन असोज ७ गते, गाउँपालिका तथा नगरपालिकाको अधिवेशन असोज १२ गते, प्रदेश क्षेत्रको असोज १५ गते,   जिल्ला र विदेशस्थित सम्पर्क समितिको असोज २१ गते, उपत्यका क्याम्पसको असोज २३  गते र  प्रदेशको कात्तिक १० गते अधिवेशन सक्ने तय भएको छ ।  यस्तै यो पटक उमेर हत लागू हुनेछैन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?