भाजपा मुख्यालयमा प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

लोकपथ
42
Shares

काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका छन् । गत शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।

नयाँदिल्ली पुगेका अध्यक्ष ‘प्रचण्ड’ सँग भेटका क्रममा भारतीय विदेशीमन्त्री एस जयशंकर, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालासमेत सहभागी छन् । भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा गएका हुन् ।

प्रचण्डसँग शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोहीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका थिए । प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच सम्भवतः आजै भेटवार्ता हुने बताइए पनि भेट्ने नभेट्ने निश्चित छैन । प्रचण्ड आजै स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?