जापान भूकम्प : मृत्यु हुनेको संख्या ३५ पुग्यो

एजेन्सी । जापानको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ३५ पुगेको छ । 

भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

मृत्यु भएकामध्ये अधिकांश अत्सुमाका रहेका छन् । भूकम्पमा परी झण्डै चार सय जना सामन्य घाइते भएको उत्तरी होक्काइदोका स्थानीय अधिकारीले बताएका छन् । 

गत बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको उत्तरी जापानको होक्काइदो द्वीप वरपर गत साता शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो । 

भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ । 

उद्दारका लागि हजारौँको सङ्ख्यामा सैनिक पनि परिचालन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?