ने.क.पाका अध्यक्ष दाहाल र भारतीय विदेशमन्त्री सुष्मा स्वाराजबीच भेटवार्ता

काठमाडौं ।  भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री सुष्मा स्वाराजबीच भेटवार्ता भएको छ। 

यसैबीच प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको छ । 

भेटमा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न भारतीय प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।

प्रचण्डले तीन दिने भारत भ्रमणका क्रममा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, गृहमन्त्री राजनाथ सिंहसहितका नेतासँग भेट गरेका थिए। प्रचण्ड आज स्वेदश फर्किने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?