कांग्रेस पदाधिकारी बैठक आज बस्दै

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो ।

केन्द्रीय  कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवाश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बुझिएको छ । शनिबार नै केन्द्रीय समितिको बैठक सक्ने तयारी भए पनि नेताहरूले बोल्ने पालो नसकिएकाले लम्बिएको हो ।

यसपटकको कांग्रेस बैठकमा संस्थापन र इतर पक्षका नेताहरूबीच आरोप–प्रत्यारोप सुरु भएको छ । खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि देउवा निकट नेताहरू बढी नै आक्रमक देखिएका छन् । प्रत्युत्तरमा थापा र शर्माले पनि देउवाले कार्यशैली नसुधारे चुप नबस्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?