दुर्घटना अपडेट: अल्टिच्युड एअरको हेलिकोप्टरमा सवार ल्हो आनी डोल्मा बाहेक सबैको मृत्यु

काठमाडौं । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ । डोल्मा आनीको भने जिवितै भेटिएकी छन् ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । 

दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो ।

अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ७:४० मा उडेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?