अपडेट: अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना, चारको मृत्यु, थप विवरण आउन बाँकी

काठमाडौं । गोरखाको सामागाउँबाट उडेर अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा बिहानदेखि हराइरहेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र ४ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

अन्य यात्रुको बारेमा भने थप विवरण आउने क्रम जारी रहेको छ ।

हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?