काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले बालुवाटारमा प्रदर्शन गरेका छन् ।
नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर अधिकारीविरुद्ध राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरेका हुुन् । विद्यार्थी संगठनहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक प्रवेशमा रोक गर्न माग राख्दै संयुक्त रूपमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । सो प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनकारीले ‘अर्थतन्त्र ध्वस्त पार्ने भस्मासुर गभर्रनर राजीनामा दे’, ‘देशको अर्थतन्त बाल नदिइ एमालेको अर्थतन्त्रको चिन्ता लिएर बस्ने रे’ ‘महाप्रसाद अधिकारी गभर्रनरमा बस्ने कुनै अधिकार छैन’ लगायतका पम्प्लेट बोकेर प्रदर्शन गरिरहेका छन् ।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना चुलिदै गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया