रोमाञ्चक र चुनौतीपूर्ण गन्तव्य ‘सगरमाथा आधार शिविर’

विश्वको सर्वोच्च शिखर सगरमाथाले सन् १९२० देखि नै विश्वभरका निडर र साहासिक यात्रा गर्न मन पराउनेहरुलाई मोहित बनाउँदै आइरहेको छ ।

सगरमाथाको एक झलक हेर्न चाहने सबैले आधार शिविरसम्मको यात्रा सहजै गर्न सक्छन् । ५ हजार ३ सय ६४ मिटरको उचाईंमा रहेको आधार शिविरमा वार्षिक रुपमा हजारौं मानिसको घुइँचो लाग्ने गर्छ । सगरमाथा आरोहीको पनि यही विन्दूबाट आरोहण सुरु हुन्छ । 

आधार शिविरसम्मको यात्राको क्रममा पदयात्रीहरुले मन्त्रमुग्ध पार्ने प्राकृतिक सुन्दरताको साथै शेर्पा समूदायको संस्कृतिको बारेमा जान्न र महसूस गर्न पाउँछन् । 

सगरमाथा क्षेत्रको पर्यटकीय सम्भावनाका बारेमा धेरै भनिरहनुपर्दैन । यो क्षेत्रमा आफूलाई अनुकूल पर्ने गरी छोटो तथा लामो पदयात्रा गर्न सकिन्छ । ठाउँ–ठाउँमा राखिएका माने घुमाउँदै, गुम्बाहरूलाई दाहिने पार्दै, झोलुङ्गे पुल तर्दै, भरिया दाजुभाइ र पर्यटकहरूसँगै बाटोमा बाटो मिलाउँदै यात्रा गर्नुको रोमाञ्चकता कम्ति हुँदैन् ।

तस्वीर: जीत गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?