काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पँचबर्ष भित्र नेपालबाट गरिबी हटाउने बताएका छन् ।
आज बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको बार्षिक साधारणसभा तथा अभिनन्दन तथा पुरस्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालीलाई गरिबीमा बाँच्नै नसुहाउने बताउदै विगतका शासकहरुको कमजोरीका कारण नेपालीहरुले यस्तो नियती भोग्नु परेको बताए । । “स्रोत साधनले भरीपूर्ण रहेर पनि नेपालीहरु गरिब हुनु सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भने “अब पाँचबर्ष भित्रमा कोही पनि नेपालीले गरिब हुनु पर्दैन ।”
प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताएका छन् । “कतिपय मानिसहरु देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्” प्रधानमन्त्री ओलीले भने “तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।”
सरकार भ्रष्टाचार न्यूनिकरणमा प्रतिवद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
“अब पुरानो युगको अन्त्य भयो नयाँ योजना र सोचाइका साथ देश निर्माणमा लाग्नु पर्दछ । ” यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली,प्रथम महिला राधिका शाक्य,प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया