गभर्नरको राजीनामा माग्दै नेविसंघ र अखिल (क्रान्तिकारी) को प्रदर्शन

लोकपथ
49
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले बालुवाटारमा प्रदर्शन गर्ने भएका छन् ।

नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका हुुन् । यूवा विद्यार्थी संगठनहरूले केहि दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी) ले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेपछि पछिल्लो पटक राष्ट्र बैंकका गभर्नर अधिकारी प्रकरण पेचिलो बन्दै गएको छ ।

आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम विद्यार्थी संगठनहरूको रहेको छ । विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने जनाइएको छ ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना बिभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना सुुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?