बेगनास ताल डुंगा दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो, ५ जना बेपत्ता, खोजी कार्य जारी

 

 बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ ।  ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । 

बजगाइँको लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

डुंगामा ९ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।  डुंगामा सवार ९ जनामध्ये ५ जना अझै हराई रहेका छन् । 

डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?