बेगनास तालमा डुंगा पल्टिँदा एकजनाको मृत्यु, ५ जना अझै बेपत्ता, उद्दार कार्य जारी

पोखरा । बेगनासतालमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ । 

डुंगामा ९ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।  डुंगामा सवार ९ जनामध्ये ५ जना बेपत्ता भएका छन् । ४ जनाको उद्दार गरिएकोमा एक जनाकाे मृत्यु भएकाे हो । 

डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको हो । डुंगामा सपना खनाल, रवि खनाल, शंकर खनाल, शिव खनाल, किष्ण कुमारी बजगाई, कमल नाथ कँडेल नीता पौडेल रहेका थिए । 

उद्दार गरिएकाहरुको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।  बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?