वीरगञ्ज । भारतबाट भित्र्याइएको रु ५० लाखभन्दा बढी मूल्यको खैरो हिरोइनसहित दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जको नयाँ बसपार्कस्थित एक होटलबाट प्रहरीले ९६६ ग्राम खैरो हिरोइनसहित पर्साको सखुवाप्रसानी गाउँपालिका–२ निवासी जयरामकुमार राम र बालेश्वर दास थारुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलबाट खरीद गरिएको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन नेपाल भित्र्याएको सूचनाको आधारमा कारवाही गर्दा राम र थारुलाई पक्राउ गरिएको पर्साका प्रहरी कार्यलयले जानकारी दिएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोले दिएको सूचनाको आधारमा बसपार्कस्थित होटलमा छापामारी चेकजाँच गर्दा नौ वटा प्याकेटमा रहेको उक्त परिमाणको खैरो हिरोइन बरामद भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया