११ चैत्र २०७९, शनिवार

इरान पाकिस्तान सीमा व्यवस्थापन समझदारी

२०७४,आश्विन,३०,सोमवार ०६:११

0
Shares

 इस्लामावाद, ३० असोज ।पाकिस्तान र इरानबीच दुई देशबीचको सीमा व्यवस्थापनमा सहमति भएको छ । सो सम्बन्धी समझदारीपत्रमा यी दुई देशले आइतबार हस्ताक्षर गरेका छन् ।यी दुई देशको संयुक्त सीमा आयोगको बैठक आइतबार पाकिस्तानको बोलुचिस्तान प्रान्तमा भएको थियो । त्यस अवसरमा दुई देशकाबीचण् यो समझदारी भएको हो ।गएको मे महिनामा यी दुई देशको सीमा आयोग गठन भएको थियो । आतंकवादी क्रियाकलापको नियन्त्रण गरी पाकिस्तान र इरानबीचको सीमा क्षेत्रलाई अद्यावधिक गर्नका लागि भन्दै सो संयुक्त आयोगको गठन भएको थियो ।आइतबार उक्त आयोगका २१ औँ बैठक बसेको रेडियो पाकिस्तानले जानकारी दिएको छ । रेडियो पाकिस्तानका अनुसार सो आयोगको बैठकमा आतंकवादी क्रियाकलापहरुको निगरानी र नियन्त्रण, सीमा सुरक्षा, अध्यागमन तथा द्धिपक्षीय व्यापारलगायतका क्षेत्रमा छलफल र सहमति भएको थियो ।सो बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरुले सीमा क्षेत्रमा हुन सक्नै अवैध लागूपदार्थको ओसार पसार, अवैध आप्रवासनको आवातजावत लगायतका धेरै क्षेत्रहरुको रोकथामका लागि सहमति तथा प्रतिबद्धता कायम गरेका रेडियो पाकिस्तानले जानकारी दिएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतीय यूपी बोर्डको माध्यमिक परीक्षा सकिएपछि हाल उत्तरपुस्तिका चेक गर्ने काम भइरहेको छ । एउटा उत्तरपुस्तिकामा एक विद्यार्थीले

काठमाडौं । भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देशको लोकतन्त्रको

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पिटिआई)का अध्यक्ष इमरान खानले सरकारले आगामी आम निर्वाचन स्थगन गर्नसक्ने भएकाले संविधान

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११