बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

पर्सा । पर्साको धोबनी गाउँपालिकामा आज यात्रुबाहक बसले ठक्कर दिँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ । 

पर्साको ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको ना७ख ७७१९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा गाउँपालिका–२ निवासी रामेश साहकी छोरी प्रिती साहको मृत्यु भएको हो । 

घर अगाडिको सडक पार गर्ने क्रममा बसले प्रितीलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । 

बालिकालाई ठेक्कर दिने बस र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?