मन्त्रिमण्डल तत्काल हेरफेर हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल मन्त्री हेरफेर हुने भन्ने हल्ला सत्य नभएको स्पष्ट पारेका छन् ।  

जिल्ला समन्वय समिति महासंघ नेपालको पहिलो राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएकोको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले हमला गरिरहेको बताए । तर आलोचना र हमलाबाट कोही डराउनु नपर्ने उनको भनाइ छ ।

सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको उनले बताए । 

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?