काठमाडौं । चालु आर्थिक वर्ष २०७८–०७९ मा नेपाली पुंजीबजारमा निकै उतारचढाव आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि घोषणा गरेको मौद्रिक नीति, उक्त नीति मार्फत सेयर धितो कर्जामा लगाईएको चार, १२ करोडको क्याप एवं अन्य कारणले गर्दा चालु आवको सुरुवात देखि नैं नेप्से घट्न थालेको थियो ।
यो वर्ष भरिनै थोरै बढ्ने धेरै घट्ने दुष्चक्र नेप्सेमा कायम रह्यो । सोहीकारण आर्थिक वर्ष २०७८–०७९ वर्ष लगानीकर्ताहरुको खासै सुखद हुन सकेन । यो आर्थिक वर्षको अन्तिम साता नेप्से दुई हजार नौं दशमलव ४६ अंकमा पुगेर बिदा भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८५ दशमलव ९१ अंकमा पुगेर बिदा भएको छ ।
अहिले पनि नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी जुटेको छ । यस अर्थमा आगामी वर्ष सेयर बजारले कुन बाटो तय गर्छ, उक्त कुराको निर्धारण आगामी मौद्रिक नीति गर्ने छ । तर अब आगामी आईतबारबाट नयाँ आर्थिक बर्षको नयाँ सेयर कारोबार सुरु हुने छ ।
त्यो कारोबारले कस्तो मोड लिन्छ, आगामी साताको सेयर बजारबाट थाहा हुने छ । तर यो साता भने नेप्सेमा दुुई सय ३१ वटा कम्पनीहरुको एक लाख ६९ हजार चार सय ५७ पटकको कारोबारमा दुई करोड ७३ लाख ३१ हजार सात कित्ता खरिद बिक्री भएका छन् । जसअनुसार सातामा नौं अर्ब ९४ करोड ५९ लाख ३१ हजार चार सय ३९ रुपैंयाँको सेयर किनबेच हुन पुगेको छ । गत साता भने नेप्सेमा १४ अर्ब ९५ करोड १५ लाख ३२ हजार नौं सय २६ रुपैंयाँ बराबरको सेयर किनबेच भएको थियो । उत्त साता दुुई सय ३४ वटा कम्पनीहरुको दुई लाख ५९ हजार सात सय ३० पटकको कारोबारमा तीन करोड ९८ लाख ६० हजार पाँच सय ६० कित्ता सेयर किनबेच हुंदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो भने दोस्रो दिन घटेको थियो । यि बाहेकका बाँकी दिनहरुमा भने नेप्से बढेको थियो ।
जसअनुसार दोस्रो दिन ७७ दशमलव एक अंकले घटेर एक हजार नौं सय १५ दशमलव ६१ अंकमा खुम्चिएको नेप्से तेस्रो दिन भने ११ दशमलव ६८ अंकले बढेर एक हजार नौं सय २७ दशमलव २८ अंकमा चढेको थियो । यसैगरी चौंथो दिन ५९ दशमलव ५४ अंकले बढेर एक हजार नौं सय ८६ दशमलव ८२ अंकमा पुगेको नेप्से पाँचौं दिन पनि १४ दशमलव ७१ अंकले बढेर दुई हजार एक दशमलव ५३ अंकमा पुग्न सफल भएको थियो । छैठौं दिन भने नेप्से सात दशमलव ९३ अंकले बढेर दुई हजार नौं दशमलव ४६ अंकमा पुगेको थियो । यसैगरी दोस्रो दिन १३ दशमलव तीन अंंकले घटेर तीन सय ६६ दशमलव ८६ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स तेस्रो दिन दुई दशमलव नौं अंंकले बढेर तीन सय ६८ दशमलव ९५ अंकमा पुग्न सफल भएको थियो । चौंथो दिन पनि १२ दशमलव ४२ अंंकले बढेर तीन सय ८१ दशमलव ३७ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन भने एक दशमलव ७८ अंंकले बढेर तीन सय ८३ दशमलव १४ अंकमा पुगेको थियो ।
छैठौं दिन भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंकले बढेर तीन सय ८५ दशमलव ९१ अंकमा पुग्न सफल भएको थियो ।
यो साता नेपाल टेलिकम, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी अगाडि परेकाछन । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।
यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता कारोबार रकम
पहिलो दिन सार्वजनिक बिदा
दोस्रो दिन २२७ ४५१९६ ६३१३६४१ २३२५६४१०२२
तेस्रो दिन २२६ ३०६९६ ४९६७५६१ १७०७७५२९७८
चौंथो दिन २२५ ३२७८२ ५७८७१२६ २०४४४४३००७
पाँचौं दिन २२० ३९१६८ ६२१०९०८ २४११८३४५९९
छैठौं दिन २३१ २१६१५ ४०५१७७१ १४५६२५९८३३
कुल १६९४५७ २७३३१००७ ९९४५९३१४३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया