नेपालमा लगानी र प्रतिफल सुरक्षाको वातावरण भएको ने.क.पा.का अध्यक्ष प्रचण्डको दाबी

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानी र प्रतिफल सुरक्षाको वातावरण बनाएको बताएका छन् । 

शुक्रवार साँझ इन्डो नेपाल सेन्टरको दिल्लीमा उद्घाटन गर्दै यस्तो बताएका हुन् । 

 विभिन्न क्षेत्रका लगानीकर्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा अध्यक्षले पारम्परिक नीति नियम परिवर्तन गरी नेपालमा लगानी मैत्री वातावरण निर्माण गर्न गइरहेको बताए ।

उनले भने, ‘आर्थिक समृद्धिका लागि हामी सम्पूर्ण तागतका साथ अघि बढेका छौं । नेपाल प्राकृतिक सम्पदा प्रचुर रहेको देश हो । यहाँ जलबिद्युत धेरै सम्भावना छ । विद्युत उत्पादनमा हामी सहकार्य गर्न इच्छुक छौं । जलउर्जा विद्युत उत्पादनका लागि मात्र होइन । यो त पानीको व्यवस्थापन पनि हो । हामी सरगमाथाबाट मिनरल वाटर बनाउन सहकार्य गर्न सक्छौं । यसलाई विश्व बजारमा पुर्याउन सक्छौं । पर्यटन विकासको पनि उत्तिकै सम्भावना छ । कृषिका आधारित उद्योग, धार्मिक पर्यटन लगायतका क्षेत्रमा धेरै सम्भावना छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?