काठमाडौं । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार दिनभर ब्यस्त रहने भएका छन ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नडडाको निमन्त्रणमा शुक्रबार दिल्ली पुगेका प्रचण्डले विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता देखी एक सेमिनारमा प्रमुख बक्ताको रुपमा सम्वोधन गर्नेछन ।
शनिबार सुरुमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने प्रचण्डले लगत्तै विदेश मन्त्री एस जयशंकरसँग द्धि–पक्षीय वार्ता गर्नेछन भने सो लगत्तै विदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट गर्नेछन ।
सो भेटवार्ता पछि फाउन्डेसन फर पब्लिक अवरनेस एन्ड पोलिसी नामक संस्थाद्धारा आयोजित सेमिनारमा प्रमुख बक्ताको रुपमा सहभागी हुने कार्यक्रम तय भएको छ, जसमा उनले नेपाल भारत सबन्धका बारेमा आफनो टिप्पणी राख्नेछन ।
साँझ विदेश मन्त्री जयशंकरले माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा दिएको रात्री भोजमा सहभागी हुनेछन, जसमा भारत सरकार मन्त्रीहरु पनि सहभागी हुने बताईएको छ ।
यसैगरी, आइतबार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने आइतबार नै प्रचण्डले भाजपा मुख्यालयको भ्रमणमा पुग्नेछन, त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्नेछन । माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा भाजपा अध्यक्षले दिएको सोही दिन आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।
गत शुक्रबार दिल्ली पुगेका प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख बिजय चौथाईवालाले स्वागत गरेका थिए । उनी सोमबार नेपाल फर्कनेछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया