एक हात एक खुट्टा नभएका फर्नान्डेज : जो साइकलसँग अथाह प्रेम गर्छन्

काठमाडौं । जहाँ इच्छा, त्यहाँ उपाय । 

यो उखान कमैले मात्र नसुनेका होलान् तर, यहि नेपाली उखानसँग ठ्याक्कै मेल खाने खेलाडीको बारेमा चर्चा गर्नेछौँ । उनले साइक्लिङ गर्ने मात्र हैन् पाराओलम्पिकमा तीन पदक पनि जितेका छन् । 
जुवान जोस मान्डेज फर्नान्डेज, उमेरले पाँच दशक नाघिसक्यो । तर, उनलाई साइकलले कहिल्यै छाडेनन् । उनी भन्छन्, ‘साइकल मेरो परिवारको एक सदस्य हो’ सन् १९६४ मा स्पेनमा जन्मिएका फर्नान्डेजले दुई पटकका विश्व च्याम्पियन समेत हुन् । 


सन् २००४ मा सम्पन्न एथेन्स पाराओलम्पिकमा पहिलो पटक रजत पदक जितेका थिए । ‘लगातार मेहेनत र लगाव भए अवश्य सफलता हात पार्नेछ । म शारिरीक ?पमा अशक्त भएपनि म अ? सहर प्रतिस्पर्धा गर्न सक्छु।’ उनले भने । 

त्यतिबेला उनले रोड ट्रायल ‘एलसि फो’ रेशमा रजत पदक जितेका हुन् । 

त्यस्तै, उनले सन् २००८ मा सम्पन्न बेजिङ ओलम्पिक्समा उनले दुई पदक जिते । समर पाराओलम्पिक्समा उनले एक रजत र एक कास्य पदक जितेका थिए । 

‘मलाई थाहा छ म सँग एक खुट्टा र एक हात छैन् । तर म कहिल्यै निराश भइन् । पहिले गाह्रो हुन्थे साइकल चलाउन, तर ‘प्राकटिस मेक प्रफेक्ट’लाई सधै दिमाखमा राखे र निरन्तर अभ्यासमा लागि परे । त्यसैको परिणाम स्व?प अपाङगता भएपनि खेलकुदमा सफलता हात पारेको छु ।’ उनले बताए । 


साथै, उनले सन् २०१३ मा सम्पन्न बाइ कामेउ रोड वल्ड च्याम्पियनसिप अन्तर्गत स्वर्ण पदक तथा सन् २०१५ मा नट्विल च्याम्पियनसिपमा रजत पदक जितेका थिए । उनले अरु राष्ट्रिय पारा च्याम्पियनसिपहरुमा पनि थुपै पदक जितिसकेका छन् । 


उनी शारिरीक अपङगता व्यक्तिमध्ये खेलकुद क्षेत्रमा सफलता हात पार्ने मध्यको एक प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्तै, अ? खेलाडीह?ले पनि पारा ओलक्सिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपह?मा पदक जितिसकेका छन् । उनले साइक्लिङतर्फ हात पारेको यो सफलता प्रशंसा योग्य छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?