पहिलोपटक स्थानीयतहले राजपत्र प्रकाशित ग-यो

पाल्पा : रैनादेवी छहरा गाउँपालिकाले पहिलो पटक ‘स्थानीय राजपत्र’ प्रकाशित गरेको छ । 

गाउँसभाबाट पारित कार्यविधि, निर्देशिका, विधेयकसहित सङ्गालोका रुपमा स्थानीय राजपत्र रहनेछ । कार्यविधि, निर्देशिका, विधेयकको अभावमा स्थानीय तहका प्रभावकारी काम हुन नसकेका कारण स्थानीय बासिन्दाले समस्या खेप्दै आएकामा यसबाट सबै कामकारवाहीमा सहजता हुने भएपछि जनप्रतिनिधिसहित नागरिक खुशी भएका छन् । 

उक्त गाउँपालिकाद्वारा आयोजित खुला तीजगीत प्रतियोगिताका अवसरमा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले सो राजपत्रको पहिलो र दास्रो भाग सार्वजनिक गरेका छन् । 

राजपत्रको खण्ड १ को भाग १ मा विधेयक र कार्यविधि रहेको छ भने भाग दुईमा दुई कार्यविधि, एक विधेयक र दुई निर्देशिका रहेको उनले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?