साफ च्याम्पियनसिप २०१८ : अाज नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुँदै

काठमाडाैं : साफ च्याम्पियनसिप फुटबलअन्तगर्त अाज नेपालले बंगलादेशसँग समूहचरणको अन्तिम खेल खेल्दैछ । 

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुने प्रतिष्पर्धामा बंगाली टोलीले घरेलु मैदानको फार्इदा उठाउन खोज्नेछ भने नेपालले पनि बंगलादेशलार्इ हराउन भरमग्दुर प्रयास गर्नेछ । 

यसअघि भएको समूहचरणको खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको थियो भने दोस्रो चरणको खेलमा भुटानलार्इ ४-१ गोलले पराजित गरेको थियो ।

बंगलादेशले भने यसअघि भएका समूहचरणका दुबै खेलमा जीत हात पारेको छ । नेपाललार्इ हराएको पाकिस्तानलार्इ बंगलादेशी टोलीले १-० गोलअन्तरले पराजित गरिसकेको छ । यस्तै, भुटानलार्इ पनि २-० ले हरार्इसकेको छ । 

खेल समीकरणका कारण अाज नेपाली टोलीले बंगलादेशलार्इ जित्नैपर्ने दबाबका साथ खेल्नेछ । बंगलादेशले समूह चरणका दुवै खेलमा जीत हात पारेकाले अघिल्लो चरणमा पुग्ने निश्चितप्राय: छ । बंगलादेशको ६ अंक छ भने नेपालले अहिलेसम्म ३ अंक मात्रै जोडेको छ । 

अर्कातर्फ,  यसअघिका दुर्इ खेलमध्ये एक खेलमात्र जितेका नेपाल र पाकिस्तानको बराबर अंक छ । पाकिस्तानले अाफ्नो अन्तिम खेलमा निकै कमजोर देखिएको भुटानलार्इ पराजित गरेमा ६ अंक जोड्नेछ । यस्तो अवस्थामा, अाजको खेलमा पराजित भएमा नेपाल प्रतिष्पर्धाबाटै बाहिरिने जोखिम छ । त्यसैले, अाजको खेलमा बंगलादेशसँग पराजित हुँदा पनि अघिल्लो चरणमा पुग्न पाकिस्तानलार्इ भुटानले पराजित गर्नुपर्नेछ ।

प्रतिष्पर्धाको समीकरण र अंकतालिका प्रतिकूल रहेको नेपाली टोलीका लागि अाजको खेल 'गर या मर' को हुनेछ । तर, अनुभवी र युवा खेलाडीको संयोग रहेको नेपाली फूटबल टोलीलार्इ यो पटकको साफमा जब्बर टोलीका रूपमा हेरिएको छ । 

हालसम्म भारतले ७ पटक साफ च्याम्पियनसीपको उपाधि जितेको छ भने बंगलादेश, माल्दिभ्स र श्रीलंकाले पनि एक/एक पटक उपाधि हात पारेका छन् । तर, नेपाल, भुटान र पाकिस्तान साफमा उपाधिबिहिन टोली हो ।

१३ अाैं साफमा भने नेपाललार्इ उपाधिको दाबेदार टोलीका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?