३० आश्विन २०७८, शनिवार

बाँकेलार्इ साक्षर जिल्ला घोषणा गर्न प्रकृया अघि बढ्यो

२०७५,भाद्र,२३,शनिवार ०३:१२


नेपालगञ्ज : बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न यहाँका सबै स्थानीय तहले प्रक्रिया अघि बढाएका छन् ।

अहिले स्थानीय तहमार्पmत वडामा साक्षर र निरक्षर नागरिकको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र आगामी फागुन ७ गते साक्षर जिल्ला घोषणा गरिने योजना छ । उक्त कार्यका लागि सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेकोे छ ।

नेपालगञ्जस्थित जिल्ला शिक्षा तथा समन्वय इकाइले सबै स्थानीय तहका प्रमुखसँग एक चरणको छलफल गरी जनप्रतिनिधिलाई आ–आफ्नो क्षेत्रका प्रत्येक घरमा गएर तथ्याङ्क सङ्कलन गर्न र निरक्षरका लागि विशेष कक्षा सञ्चालन गरेर उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई साक्षर घोषणा गर्न आग्रह गरेको छ ।

एकाइ कार्यालयका प्रमुख गोरखबहादुर थापाका अनुसार सबै स्थानीय तह साक्षर घोषणा भइसकेपछि जिल्लालाई साक्षर घोषणा गरिनेछ । विसं २०६८ को जनगणनाअनुसार जिल्लामा ६३ प्रतिशत मानिस साक्षर छन् । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत मानिस साक्षर हुनैपर्ने प्राबधान छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२३,शनिवार ०३:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । रूपन्देहीको मोतिपुरमा भएको घटनामा मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप जनही एक लाख दिने भएको छ ।

काठमाडौं । लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रिहरुले आज

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको समृद्ध

लुम्बिनी । लुम्बिनी प्रदेशका तीन विधेयक आज प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७८र७९को सेवा र

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७