१६ मङ्सिर २०८०, शनिवार

इरान पाकिस्तान सीमा व्यवस्थापन समझदारी

२०७४,आश्विन,३०,सोमवार ०६:११

0
Shares

 इस्लामावाद, ३० असोज ।पाकिस्तान र इरानबीच दुई देशबीचको सीमा व्यवस्थापनमा सहमति भएको छ । सो सम्बन्धी समझदारीपत्रमा यी दुई देशले आइतबार हस्ताक्षर गरेका छन् ।यी दुई देशको संयुक्त सीमा आयोगको बैठक आइतबार पाकिस्तानको बोलुचिस्तान प्रान्तमा भएको थियो । त्यस अवसरमा दुई देशकाबीचण् यो समझदारी भएको हो ।गएको मे महिनामा यी दुई देशको सीमा आयोग गठन भएको थियो । आतंकवादी क्रियाकलापको नियन्त्रण गरी पाकिस्तान र इरानबीचको सीमा क्षेत्रलाई अद्यावधिक गर्नका लागि भन्दै सो संयुक्त आयोगको गठन भएको थियो ।आइतबार उक्त आयोगका २१ औँ बैठक बसेको रेडियो पाकिस्तानले जानकारी दिएको छ । रेडियो पाकिस्तानका अनुसार सो आयोगको बैठकमा आतंकवादी क्रियाकलापहरुको निगरानी र नियन्त्रण, सीमा सुरक्षा, अध्यागमन तथा द्धिपक्षीय व्यापारलगायतका क्षेत्रमा छलफल र सहमति भएको थियो ।सो बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरुले सीमा क्षेत्रमा हुन सक्नै अवैध लागूपदार्थको ओसार पसार, अवैध आप्रवासनको आवातजावत लगायतका धेरै क्षेत्रहरुको रोकथामका लागि सहमति तथा प्रतिबद्धता कायम गरेका रेडियो पाकिस्तानले जानकारी दिएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बीच दक्षिण कोरियाले जासुसी उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ । कोरियाले शुक्रबार

काठमाडौं । प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोवर ७ बाट

मुम्बई । भारतको महाराष्ट्र सरकारले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्दता जनाएको छ। महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेन्द्र फडनवीसले बिहीबार नेपालका

नयाँ दिल्ली । मध्य प्रदेशको श्योपुर जिल्लाको आगराको दुर्गम गाउँमा एउटा विद्यालयले सहारिया जनजाति, विशेष गरी कमजोर जनजाति समूह र

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३