१ भाद्र २०७९, बुधबार

कहाँ छिन् ‘कन्ट्रोभर्सी क्वीन’ वीना मलिक ?

२०७९,असार,३१,शुक्रवार २१:४०

63
Shares

मुम्बई । बिग बोस सिजन ४ मा आफ्नो सुन्दरता रोमान्टिक अन्दाजले दर्शकको मन जितेकी वीना मलिक सायदै सबैले भुलेका होलान् । अश्मित पटेलसँग बीबी हाउसमा उनको रोमान्सले शोको टीआरपी बढेको जगजाहेर नै छ ।

आफ्नो सुन्दरता र बेवाक शैलीका कारण लोकप्रिय बनेकी पाकिस्तानी अभिनेत्री मलिक अहिले कहाँ, के गर्दैछिन् भन्नेमा आमचासो छ ।

वीनाले कैयौं पाकिस्तानी र बलिउड फिल्ममा काम गरेकी छन् । उनले पाकिस्तानी फिल्म ‘तेरे मेरे प्यार मे’बाट अभिनयमा पाइला चालेकी थिइन् । त्यसपछि उनी ‘ये दिल आपका हुआ’, ‘कोई तुझ सा कहाँ’, ‘क्यो तुमसे इतना प्यार है’ जस्ता फिल्ममा देखिइन् ।

बलिउडमा उनले सन् २०१२ मा ‘दाल मे कुछ काला है’मा अभिनय गरिन् । त्यसपछि उनी ‘सुपरमोडल’, ‘जिन्दगी ५०(५०’, ‘मुम्बई १२५केएम थ्रीडी’ जस्ता फिल्ममा देखिइन् । भारतमा वीनालाई बिग बोसले चर्चामा ल्यायो । उनले सन् २०१४ मा अन्तिम तेलुगू फिल्म ‘नंग्ना सित्यम’ मा अभिनय गरिन् । अहिले उनले शोबिज उद्योगबाट दूरी बनाएकी छन् ।

वीना अहिले पाकिस्तानमै छिन् । उनलाई त्यहाँ दर्शकले ‘कन्ट्रोभर्सी क्वीन’ नामले चिन्छन् । उनले सन् २०१३ मा व्यापारी असद बशीर खानसँग विवाह गरेकी थिइन् । तर सन् २०१८ मा उनीहरूको डिभोर्स भयो । दुई सन्तान सन्तानसँगै उनी हाल पाकिस्तानमा छिन् ।

प्रकाशित मिति: २०७९,असार,३१,शुक्रवार २१:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक

एजेन्सी । साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन् । गत वर्षको अक्टोबरमा नागा र

काठमाडौं । लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको

काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ । आधुनिक, शास्त्रीय तथा गजल

ताजा समाचार