११ कार्तिक २०७८, बिहीवार

निर्मला पन्त हत्या प्रकरण: अनुसन्धानमा लापरबाही

२०७५,भाद्र,२३,शनिवार ०१:५२

0
Shares

कञ्चनपुर – कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनका लागि गठित गृह मन्त्रालयको उच्चस्तरीय समितिले घटनाको अनुसन्धानमा लापरबाही भएको निष्कर्ष निकालेको छ । १५ दिनको म्यादसहित छानबिन समिति गठन भएको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

समितिले जिल्लामा सूचना संकलनको काम सकेर प्रतिवेदन लेखनको तयारीसँगै काठमाडौंमा रहेका तत्कालीन प्रहरी प्रमुख डिल्ली विष्ट र अन्य अधिकृतसँग भेट्ने कार्यक्रम छ । ‘घटनालगत्तैको अनुसन्धानमा कमीकमजोरी देखिएको छ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सहसचिव हरिप्रसाद मैनालीले भने, ‘पहिलो चरणमा एसपीलाई निलम्बनका लागि सिफारिस गरेका हौं, आवश्यक परे अरूलाई पनि कारबाहीका लागि सिफारिस गर्न सकिनेछ ।’

उनले ७ भदौमा गठन भएको समितिको म्याद समाप्त भएको र पछि केही काम थपिएका कारण ढिलाइ भएको उल्लेख गर्दै अब केही दिनमै प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाइने बताए ।

प्रकाशित मिति: २०७५,भाद्र,२३,शनिवार ०१:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार