चाैतारी लघुवित्तलार्इ ५ लाख ४० हजार कित्ता अार्इपीअो बेच्न अनुमति

काठमाडाैं : बुटवलमा केन्द्रीय कार्यालय रहेको चाैतारी लघुवित्तलार्इ पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले ५ लाख ४० हजार कित्ता प्राथमिक शेयर (अार्इपीअो) निष्काशन गर्न अनुमति दिएको छ । 

प्रतिकित्ता १ सय रूपैयाँमा चाैतारीले जारी पुँजी (१८ करोड रूपैयाँ) को ३०% रकम बराबर हुन अाउने शेयर बिक्री गर्न लागेको हो । चाैतारीको अार्इपीअो निष्काशन र बिक्री प्रबन्धकको काम एनअार्इबीएल एस क्यापिटलले गर्नेछ । 

चुक्ता पूँजी १२ करोड ६० लाख रूपैयाँ रहेको चाैतारीले हाल साविकको लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ जिल्लालार्इ कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । 

गत अार्थिक बर्षमा १ करोढ २ लाख ६७ हजार रूपैयाँ खुद नाफा कमाएको यो लघुवित्तले अार्इपीअो बेचेपछि अाफ्नो चुक्ता पुँजी १८ करोड रूपैयाँ पु-याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?