उपसभामुख निर्वाचन : संसदमा भुसाल र भट्टराईलाई निर्वाचित गराउन प्रस्ताव

लोकपथ
105
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले उपसभामुखमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी पुष्पा भुसाललाई प्रस्ताव गरेकी छन् ।

शुक्रबार उपसभामुखको चयनका लागि बसेको प्रतिनिधि सभा बैठकमा गुरुङले भुसाललाई समर्थनसहित प्रस्ताव गरेका हुन् ।

उनले अहिलेको अवस्थामा भुसाल नै उपयुक्त रहेको भन्दै निर्वाचित गर्न आग्रह गरेका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद शान्ता चौधरीले एमालेबाट उम्मेदवार बनेकी सांसद विद्या भट्टराईलाई निर्वाचित गराउन आग्रह गरेकी छिन् ।

चौधरीले भट्टराईलाई प्रस्ताव गर्दै उनको बारेमा समेत चर्चा गरेकी छिन् ।

२०७६ साल माघ ६ गते तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै खाली रहेको थियो ।

केहिबेरमा संसदमा उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखको निर्वाचनका लागि संसदमा कायम भएको संख्याको बहुमत आवश्यक रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?