अध्यक्ष पोखरा हिँडेपछि राष्ट्रिय सभाको बैठक प्रभावित

काठमाडौं–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठक छाडेर पोखरा उडेपछि शुक्रबारको महत्वपूर्ण दोस्रो बैठक प्रभावित भएको छ ।
 पहिलो बैठक प्रारम्भ गरेपछि उपाध्यक्षलाई सञ्चालन गर्न लगाई अध्यक्ष तिमल्सिना मुस्ताङमा हुने एक शैक्षिक कार्यक्रममा सहभागी हुन पोखरातर्फ लागेका थिए । शुक्रबार नै दोस्रो बैठक पनि बस्नुपर्ने थियो ।
 तर, बैठक सुरु गर्न अध्यक्ष नै उपस्थित हुनुपर्ने नियमावलीमा रहेको व्यवस्थाका कारण दोस्रो बैठक बस्दै नबसी स्थगित भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?